आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

पढेर भन्दा पन बुझेर सफलता हात पारेका सोइशिरो होन्डा



सोइशिरो होन्डाको व्यवसाय टाट पल्टियो ।

व्यापार असफल भएर हैन, दोस्रो विश्वयुद्धको मार परेर । अमेरिकी सेनाले खसाएको बमले उनको फ्याक्ट्रि ध्वस्त पारिदिएको थियो ।

त्यसपछि निकै मुस्किलले स्थापना गरिएको अटोपार्टका प्लान्टलाई पनि भुइँचालोले नष्ट गर्‍यो र फेरि दयनीय अवस्थामा फर्कन पर्‍यो । उनीसँग निजी वाहनको रुपमा साइकल बाहेक केही रहेन ।

त्यस वेला फालिएको जी.आईं इन्जिन आफ्नो साइकलमा जडान गरी मोटरसाइकलको रूप दिन सफल भए उनी । यो स्वचालित साइकलबाट आकर्षित भएका ग्राहकहरूले पनि यस्तै मोटर जडान गरिएको साइकल बनाइदिन आग्रह गरे ।

यसको माग बढ्दै गयो । अन्तत: उनले मोटरसाइकल कम्पनी खोल्ने मानसिकता बनाए तर उनीसित लगानी गर्न पैसा थिएन । उनले आफ्नै श्रीमतीको सारा गरगहना बेचेर होन्डा कम्पनी खोल्ने जोखिम उठाए ।

आज यो कम्पनी सर्वाधिक प्रचलित बाइक कम्पनीको रुपमा प्रतिष्ठित छ । आफ्नो स्थापित नौलो प्रयोग एवम् साहसकै कारण उनले खरानी भैसकेको आफ्नो सम्पत्तीबाट खर्बौँ रुपियाँ कमाउन सफल भएका छन् ।

आज उनलाई हेनरी फोर्डपछि दुनियाँका सबभन्दा महान् इन्जिनियरको रुपमा संसारले मान्दछन् । अमेरिकन अटोमोबाइल हल अभ फेममा चुनिएका उनी पहिला जापानी एक्जिक्युटिभ हुन् ।

उनलाई चुन्नुको कारण थियो, कुनै पनि इन्जिनियरले सुल्झाउन नसकेको क्याटलिन इन्जिनको समस्यालाई सुल्झाउन सक्नु । तर उनले कक्षा ८ भन्दा बढी पढेकै थिएनन् ।
साभार  : ‘नव सफलता शास्त्र’ पुस्तकबाट

प्रकाशित मिति : श्रावण २३, २०७९ सोमबार  ७ : १४ बजे