आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

सम्झना बिर्सनामा कमल र नीजाको प्रेम र रोदन



काठमाडौं–गायक कमल के. क्षेत्रीको स्वरमा नयाँ गीति भिडियो ‘सम्झना बिर्सना’ सार्वजनिक भएको छ । प्रेमीले प्रेमिकाको यादमा व्यक्त गरेका भावनाहरू गीतमा समावेश छन् । गीतमा शब्द र संगीत पनि गायक कमलको नै छ ।

भिडियोमा कमलको जोडीको रूपमा मोडल नीजा पौडेल फिचर्ड छिन् । नीजालाई कमलको यादमा तड्पिरहेको र उनको विदाईमा दुःखी बनेको देखाइएको छ ।

गीतको भिडियो ओरिअन पिक्चर्सको तर्फबाट निर्माण भएको हो ।

प्रकाशित मिति : श्रावण २२, २०७९ आइतबार  २ : ५७ बजे