आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

सफलता प्राप्तिमा ज्ञान नै महत्वपूर्ण संसाधन हो



आज मूल्य निर्धारणको आधारभूत इकाई हो ज्ञान । किनकी तपाईंद्वारा प्राप्त गर्न सकिने ज्ञानको कुनै सीमा छैन, यसैले तपाईंद्वारा कमाउन सकिने धनको कुनै सीमा छैन । तपाईं जहाँ हुनुहुन्छ त्यहीँबाट शुरुवात गर्न सक्नुहुन्छ- तपाईंको पृष्ठभूमि के हो भन्ने कुराको सोचविचार नगरी । तपाईं आफ्नो दिमागी धन बढाउन शुरु गर्न सक्नु हुन्छ । तपाईं आजै आफ्नो प्रदर्शन सुधार्ने योग्यता विकसित गरेर त्यो परिणाम प्राप्त गर्न सक्नुहुन्छ जसको लागि मानिस तपाईंलाई पैसा दिनको लागि तयार रहने छन् ।

ज्ञानको बारेमा खास कुरा के हो भने यसलाई यसको मूल्य नगुमाई हजार के लाख गुनासम्म बढाउन सकिन्छ । यो एक यस्तो एक मात्र चीज हो जसको उपयोगको कुनै सीमा छैन । यदि तपाईंमा या अरु कसैमा यस्तो विचार आउँछ, जसले कुनै काम धेरै तेज तरिकाले गराउन सक्छ भने यसलाई पूरा दुनियाँमा फैलन धेरै समय लाग्ने छैन । फेरि यो लाखौँ अरु मानिसले पाउने छन् जसले यसको प्रयोग गरेर आफ्नो जिन्दगी र कामलाई राम्रो बनाउन सक्छन् । यसमा तपाईंले केही पनि गुमाउनु भएन । यो साँच्चै अद्भूत छ ।
साभार : ‘सफलता शास्त्र’ पुस्तकबाट

प्रकाशित मिति : श्रावण २२, २०७९ आइतबार  ७ : २४ बजे