आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

नाइटक्लबमा आगलागी हुँदा १४ को मृत्यु



बैंकक– थाइल्याण्डको चोनबुरीस्थित एक नाइटक्लबमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । आगलागीमा ४० जना घाइते भएका छन् ।

शुक्रबार एक बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा उक्त आगलागी भएपछि मानिसहरुको भागदौड मच्चिएको थियो ।

आगलागीको कारण नखुले पनि एक तले उक्त भवनको पर्खालबाट आगो सल्किएको हुन सक्ने अग्नि नियन्त्रकहरुले अनुमान गरेका छन् ।

प्रकाशित मिति : श्रावण २१, २०७९ शनिबार  ७ : ०४ बजे