भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

सिन्धुपाल्चोक, दोलखा र प्युठानमा सतर्कता अपनाउन आग्रह



काठमाडौं– बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले सिन्धुपाल्चोक, सोलुखुम्बु, दोलखा, प्युठानलगायतका ठाउँमा ठूलो पानी परेकाले यी जिल्ला र आसपासको क्षेत्र भएर बग्ने नदी तथा खोलामा पानीको सतह बढेको जनाउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।

सिन्धुपाल्चोक र आसपास भएर बग्ने गुम्थाङ, धाप, नकोटे नदी, प्युठान र आसपास भएर बग्ने लुङ्गरी, खुङ्गरी खोला, दोलखा र आसपासको क्षेत्र भएर बग्ने तामाकोसी, गोगर जगत र सोलुखुम्बु भएर बग्ने सोलु खोला, लगायतका नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले यी स्थानमा बिहान १० बजेसम्म नै सतर्कता अपनाउन भनेको छ ।

प्रकाशित मिति : श्रावण २१, २०७९ शनिबार  ६ : ५७ बजे