भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

सर्वोच्चका कामु प्रधानन्यायाधीशसहित दुई जनामा कोरोना संक्रमण



काठमाडौँ – सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीशसहित दुई जनामा कोरोना भाइरस संक्रमण भएको छ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश अनिलकुमार सिन्हामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सर्वोच्च स्रोतका अनुसार दुबै जनाको स्वास्थ्य समान्य रहेको छ । केही दिनदेखि कोरोनाको लक्षण देखिएपछि उनीहरुले परीक्षण गराएको सर्वोच्चले जनाएको छ । दुबै जना अहिले होम आइसोलेशनमा छन् ।

प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार  ८ : ५२ बजे