आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

निर्वाचनका लागि दल दर्ता आह्वान, के-के चाहिन्छन् कागजात ?



काठमाडौं – निर्वाचन आयोगले आउँदो मंसिर ४ का लागि तोकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार साउन २२ गते देखि ३१ गतेसम्म दल दर्ताको समय तोकिएको छ ।

‘दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्ने छ । यसरी दल दर्ताका लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रूपमा ७ वटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेस गर्नुपर्नेछ’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सरकारले मंसिर ४ गतेका लागि निर्वाचन घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार  ६ : २८ बजे