भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

गायिका मेलिनाले तोडिन् सञ्जीवसँगको इन्गेजमेन्ट



काठमाडौं– लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको जनाएकी छन् ।

पेशाले सञ्जीव म्यूजिक एरेञ्जर तथा गिटारिष्ट हुन् । झापा घर भएका सञ्जिव काठमाडौं बसेर लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् भने गायिका मेलिनाको घर मोरङ हो ।

प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार  ५ : २२ बजे