भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

एकल साँझमा रेशमका गीत



काठमाडौं– २५ वर्षदेखि सांगीतिक क्षेत्रमा संगीत संयोजनको भूमिका निभाउँदै आएका एरेञ्जर राजु खड्काको संगीत संयोजनमा गायक रेशमकुमार विश्वकर्माको एकल सांगीतिक साँझ राजधानीमा सम्पन्न भएको छ ।

संगीतकार राजु सिंह, फिल्मकर्मी मिनसागर लामा, स्टुडियो काठमाण्डु डिजिटलका सञ्चालक एवं ध्वनी सम्पादक डिका गुरुङ, संगीतकार, तथा संगीत संयोजक पवनवाङ लामा, गायक प्रेम लोप्चनलगायतको उपस्थितिमा रेशमले विभिन्न गीत सुनाएका थिए ।

कार्यक्रममा २२ वर्षदेखि नेपाली लोकगीत क्षेत्रमा सक्रिय गायक राजु परियार र २५ वर्षभन्दा बढी समयदेखि लोक गीतसंगीतमा प्रयोग हुने नेपाली मौलिक बाजा सहनाई बादकका एकमात्र कलाकार सहनाई बादक बलबहादुर जैरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा रेशमसँगै ३० भन्दा बढी गायकगायिकाले गीतसंगीत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार  ४ : ५७ बजे