आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

न्यूड फोटोसुटका लागि रणवीरलाई पेटाको निम्तो



मुम्बई– अभिनेता रणवीर सिंह हालका दिनमा न्यूड फोटोसूटका कारण चर्चामा छन् । यही फोटोसूटका कारण उनीमाथि मुम्बईमा एफआईआर दर्ता भएको छ । यी सबै विवादका बीच पेटा (पीपल फर एथिकल ट्रीटमेन्ट अफ एनिमल)ले न्यूड फोटोसुटका लाडि रणवीरलाई निम्तो दिएको छ ।

पेटाले उनलाई आफ्नो वीगनिज्म अभियानलाई प्रवद्र्धन गर्नका लागि निम्तो दिएको हो । रणवीरले यसअघि नै विवादका बीच न्यूड फोटोसुट गर्न आफूलाई कुनै फरक नपर्ने बताइसकेका छन् ।

‘हामीले तपाईंले म्यागाजिनका लागि गर्नुभएको न्यूड फोटोसुट हेरेका छौं । हामी आशा गर्छौ कि तपाईं हाम्रो वीगन अभियानका लागि बोल्ड फोटोसुट गराउनुहुनेछ । तपाईं जनावरलाई निकै माया गर्नुहुन्छ, के तपाईं पेटा इण्डियाको ‘अल एनिलम ह्याब सेम पार्ट्स–ट्राय वीगन’ नाराको विज्ञापनका लागि फोटोसुट गर्नुहुन्छ’, पेटाले निम्तोमा भनेको छ ।

पेटाले अमेरिकी मोडल पामेला एण्डरसनको उदाहरण दिँदै उनले पनि यो अभियानका लागि न्यूड फोटोसुट गराएको स्मरण गरेको छ ।

रणवीरविरुद्ध गत जुलाई २५ मा एफआईआर दर्ता गरिएको थियो । उनीमाथि रणवीरले आफ्नो न्यूड फोटो शेयर गरेपछि महिलाको भावनामा आहत पुगेको आरोप लागेको थियो ।
–दैनिक भास्कर

प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार  १ : ५५ बजे