आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

भारतका हलमा सम्झना बिर्सना



काठमाडौं– नेपालपछि प्रेमकथानक फिल्म ‘सम्झना बिर्सना’ अब भारतका शहरमा प्रदर्शन हुने भएको छ । गत असार ३१ गते नेपालभरका हलमा प्रदर्शन भएको फिल्म ९ सेक्टेम्बरबाट भारतका दर्शकमाझ आउन लागेको हो ।

निर्माता अद्धितीय प्रधानले फिल्म पहिलो चरणमा ९ सेप्टेम्बरमा दार्जिलिङ, सिक्किम, सिलगुढी, जय गाउँलगायतका स्थानका हलमा प्रदर्शन हुने तयारीमा रहेको जानकारी दिए । ‘हामी चरण चरणमा गरेर फिल्म रिलिज गर्दैछौ,’ उनले भने, ‘दोश्रो चरणमा ७ अक्टोबरमा असाम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा रिलिज हुदैछ भने तेश्रो चरणमा २१ अक्टुवरमा बाँकी शहरहरुमा प्रदर्शन गर्दैछौ ।’

निमेष प्रधान निर्देशीत फिल्म भारतका हलमा नेपाली भाषामै तर अंग्रेजी सबटाइटलका साथ प्रदर्शन गरिदै छ । ‘हामीले प्रारम्भीक रुपमा नेपाली भाषी दर्शकलाई नै लक्षित गरेका छौ,’ निर्माता प्रधानले भने, ‘त्यसैले नेपाली भाषामै रिलिज गर्न लागेका हौ । नेपाली नबुझ्नेहरुका लागि भने अंगे्रेजी सबटाइटल राखेका छौं ।’

रेबिका प्रधानको निर्माण र निर्देशक निमेषकै लेखन रहेको फिल्मले नेपालमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । फिल्ममा आकाश श्रेष्ठ,पूजा शर्मा,सुनील थापा,छुल्ठिम गुरुङ र शिसिर राणा मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार  १ : ३० बजे