आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

चार वर्षपछि पुरा भएको प्रदीप चाहना



काठमाडौं–अभिनेता प्रदीप खड्का अभिनयमा जति अब्बल छन्, जुनको बोल्ने शैली पनि उत्तिकै अब्बल छ । उनी झुटो कुरा बोल्दैनन्, वास्तविकता जे हो, त्यही भन्छन् ।

चार वर्षअघि क्यानडा नेपालसँगको अन्तरवार्तामा प्रदीपले आफ्नो फिल्म होस् या अरु कसैको फिल्म विदेशी भाषामा डब भएर संसारका दर्शकले हेरुन् भन्ने चाहना राखेका थिए । चार वर्षअघिको त्यो प्रदीपको चाहना अहिले उनकै फिल्म ‘प्रेमगीत ३’मा आइपुग्दा पुरा भएको छ ।

‘कुनै दिन नेपाली फिल्म मैले नै गरेको हुनुपर्छ भन्ने छैन । अरुले कलाकारको पनि हुनसक्छ । संसारको धेरैभन्दा धेरै भाषामा डब भएर चलेर विदेशी दर्शकले पनि हेर्न पाउनुपर्छ’, उनले अन्तरवार्तामा भनेका थिए ।

उनको यो भनाईलाई सही साबित गर्दै उनको फिल्म ‘प्रेमगीत ३’ आगामी सेप्टेम्बर २३ अर्थात असोज ७ गते भारतका विभिन्न सहरमा प्रदर्शनमा आउँदैछ । यो फिल्मको प्रमोसनका लागि अभिनेता प्रदीप, निर्देशक तथा निर्माता सन्तोष सेन र अभिनेत्री कृष्टिना गुरुङ यतिबेला भारतमा छन् ।

देशमा कोभिड महामारी बढेसँगै प्रदीप केही समय फुर्सदमा रहे । यो समयावधिमा उनलाई ‘ए मेरो हजुर ४’, ‘हनी बनी’, ‘वर एण्ड बधु’, ‘महापुरुष’ र ‘छड्के’बाट अभिनयको अफर आएको थियो । तर उनले कुनै पनि प्रस्तावलाई स्वीकार गरेनन् ।

प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार  १२ : २० बजे