आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

आजबाट हलमा म



काठमाडौं–निर्देशक सुवर्ण थापाद्वारा निर्देशित सस्पेन्स शैलीको फिल्म ‘म’ आजबाट प्रदर्शनमा आएको छ । फिल्ममा अस्पतालमा बिरामी भएर भर्ना भएका एक व्यक्ति र उसले अस्पतालबाट गर्ने आपराधिक गतिविधिलाई प्रमुख विषयवस्तु बनाइएको छ ।

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको फिल्मका क्रिएटिभ निर्माता प्रकाश पुरी हुन् । फिल्ममा निशा अधिकारी, सबीन श्रेष्ठ, सरोज खनाल, निराजन प्रधान, रुविना थापा, नरेन खड्का, सरीता लामिछानेसँगै नयाँ अनुहारहरु संजोग रसाईली र पुनम श्रेष्ठको अभिनय छ ।

फिल्ममा तेन्जिङ पाल्देनको छायांकन, बनिष शाहको सम्पादन छ । फिल्मका निर्माता विमला हुमागाई र पदम पुरी हुन् ।

प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार  ८ : १७ बजे