काठमाडौँ– ५४औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनन्सिपमा ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता नेपालका उमेश राई तथा फिटनेस फिजिक्सको प्रतिस्पर्धामा कांस्य पदक विजेता राजु राई नगद पुरस्कार सहित सम्मानित भएका छन् ।
खेलाडीलाई बुधबार नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले ब्यक्तिगत रुपमा रजत विजेतालाई एक लाख ५० हजार र कांस्य विजेतालाई ७५ हजार रुपियाँ पुरस्कार प्रदान गरेका हुन्। सोही अवसरमा नेपाल शारीरिक सुगठन तथ फिटनेस संघका प्रथम उपाध्यक्ष विजयलाल कायस्थले पनि २० हजार र १० हजार रुपियाँ पुरस्कार प्रदान गरे ।
संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई विश्व शारीरिक सुगठन फेडेरेशनको साइन्स एण्ड रिसर्च कमिटिको अध्यक्षमा मनोनित गरिएकोमा बधाइ तथा धन्यवाद पनि दिएको छ । संघले नेपालले ५५औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनन्शिप प्रतियोगिता आागामी सन् २०२३ को सेप्टेम्बरमा काठमाडौंमा आयोजना गर्ने पनि जनाएको छ ।
प्रतिक्रिया