भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

पुरुषको कोटको बाहुलामा किन हुन्छ ३ वटा टाँकको प्रयोग ? यस्तो छ रोचक कारण



तपाईले कोट लगाउँदा कहिल्यै ध्यान गर्नु भएको छ, पुरुषको कोटको बाहुलामा नाडी छेउमा किन ३ बटाँ टाँक लगाइएको हुन्छ । जबकी त्यहाँ टाँकको आवश्यकता नै हुदैँन । त्यसमा पनि एउटा नभएर ३ वटा टाँक किन हुन्छ ? थाहा छ ?

खासगरी पुरुषको कोटको बाहुलामा नाडी छेउमा ३ वटा टाँक लगाइएको हुन्छ । यी ३ वटा टाँकको एउटा आफ्नै रहस्य छ । खासमा ब्लेजर्स कोटको शुरुआत रानी एलिजाबेथ प्रथमको समयमा भएको थियो । त्यस समयमा सेनाका जवान यस प्रकारको कोट लगाउथे ।

त्यसबेलाको मान्यता अनुसार कोटको बाहुलामा ३ वटा टाँक हुदाँ सैनिकको स्वच्छता र प्रभाव राम्रो मानिन्थ्यो । यस्तोमा सबैलाई कोटमा टाँक लगाउँदा कसरी स्वच्छता हुन्छ भन्ने लाग्ला । खासमा कोटमा ३ वटा टाँक हुदाँ उनीहरु यसले नाक वा मुख पुस्न पाउदैनन् थिए । साथै सैनिकले आफ्नो पोसाकलाई सम्मान गर्न ध्यान दिन्थे । यहि कारणले कोटमा ३ वटा बटम लगाउन थालियो र आजसम्म पनि यहि ट्रेण्ड चलिरहेको छ ।

प्रकाशित मिति : श्रावण १९, २०७९ बिहीबार  १० : ०० बजे