भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी, कहिलेसम्म आवेदन दिन सकिन्छ



काठमाडौँ– भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी माग गरेको छ।

अस्पतालले आज सूचना जारी गरी ९ औँ तहको चिकित्सकसहितका पदमा दरखास्त आह्वान गरेको हो।

अस्पतालले प्याथलोजिष्ट, एनेस्थेसियोलोजिष्ट, अर्थोपेडिक सर्जन, प्यालिएटिभ केयर र मेडिकल रेकर्डस माग गरेको छ।

मेडिकल अफिसर र स्टानफ नर्स २२ जना माग गरिएको छ भने १ जना हलुका सवारी चालकका लागि आवेदन माग गरिएको छ।

प्रकाशित मिति : श्रावण १९, २०७९ बिहीबार  ९ : २५ बजे