आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

बिहान बिहानै एकछिन हासौँ हैँ



बक्सिङ च्याम्पियन

एकजना पौडीवाजले खोलामा पौडी खेल्न जाँदा कपडा खोलेको ठाउँमा सानो कागजमा लेखेर छाडेछ— यो कपडा चोर्ने कोसिस नगर्नु होला’ (बक्सिङ च्याम्पियन) ।

घुम्दै हिँडेको एउटा कपडा चोरले त्यो लेखेको देखेर ‘मलाई खोज्ने कोसिस नगर्नुहोला (म्याराथन च्याम्पिएन) अर्काे पेपरमा लेखेर छाडेर कपडा लिएर भागेछ ।

तलमाथि सारेर खोज्छन् नि

मुन्द्रेले गिटार बजाउँदा सधैँ एकै ठाउँमा थिचेर बजाँदो रहेछ । यो देखेर मुन्द्रेकी श्रीमतीलाई उसका साथीहरुले सोधेछन्—
गीता : नीता किन तिम्रा श्रीमानले गिटार बजाउँदा सधैँ एकै ठाउँमा मात्र थिचेर बचाएको नि ?

नीता : ए त्यो त मेरा श्रीमान जान्ने छन् नि त नजान्नेहरुले पो थिच्ने ठाउँ थाहा नभएर कहाँनेर थिच्ने भनेर हात तलमाथि सारेर खोज्छन् त ।
साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : श्रावण १९, २०७९ बिहीबार  ७ : ४३ बजे