आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

हातमा एम आकृतीको यो चिन्ह छ भने के हुन्छ ?



ज्योतिषशास्त्र अनुसार हातमा भएका रेखाहरुले मानिसको भाग्य बताउन सक्छ ।

हस्तरेखाले मानिसको भविष्यबारे संकेत गर्ने हस्तरेखाका जानकारहरु बताउँछन् ।

मानिसको स्वभाव बारे जानकारी पाउन उपयोगि हुने हस्तरेखा भविष्य कस्तो हुन्छ भनेर थाहा पाउन सकिन्छ ।

मानिसका हातमा हुने हस्तरेखाले हाम्रो जिवन कस्तो हुन्छ भन्ने संकेत गर्छ । यदि हातमा अंग्रेजी अक्षर एम जस्तो आकृति देखिन्छ भन्ने यसले कस्तो संकेत गर्दछ त ?

– हातमा यदि अंग्रेजी अक्षर एम वा एन् जस्तो आकार छ भने ती व्यक्तिहरु भाग्मानी हुने मान्यता छ । यस्ता व्यक्तिहरु साहसी तथा दृढ विश्वासी हुने तथा सदैव परोपकार भावले जागृत हुने हस्तरेखा जानकारहरु बताउँछन् ।

हातमा एम जस्तो आकृती छ भने यस्ता व्यक्तिलाई भगवानको सन्तान समेत भन्ने गरिन्छ ।

उनिहरु उपर सदैव भगवानको आशिर्वाद हुने विश्वास गरीन्छ । यदि कसैको हातका रेखा जोडेर ‘एम’ अक्षर बन्छ, ति व्यक्तिहरु बुद्धिमानी र आफ्नो प्रभाव छाड्न सक्ने मानिन्छन् । यस्ता ब्यक्तिहरु धेरै इमान्दार हुने अरुलाई सकारात्मक प्रभाव छाड्ने मान्यता छ ।

प्रकाशित मिति : श्रावण १९, २०७९ बिहीबार  ६ : ०९ बजे