आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

२ बोट आँपको सुरक्षामा ३ सुरक्षाकर्मी र ६ वटा कुकुर तैनाथ, किलोकै यति महंगो



असार साउन आँपको मौसम हो । यो मौसममा सबै तिर आप पाइन्छ ।

आँप सबैभन्दा महंगोमा ३/४ सय रुपैँया किलोसम्म पर्दछ । यो यति धेरै महंगो हुदैँन कि यसलाई कुनै सुरक्षा दिनु परोस् । तर विश्वमा एउटा यस्तो आपको प्रजाती छ जसलाई सुरक्षा दिन मात्रै ३ सेक्युरीटि गार्ड ६ वटा कुकुर खटाइएको छ ।

३ जना सेक्युरीटि गार्ड र ६ वटा कुकुरले सुरक्षा दिइएको यस आपको प्रजातीको नाम हो, मियाजाकी । यो विश्वको महंगो फल मध्ये एक हो । यो जापानमा पाइन्छ ।

यसको वजन लगभग ३५० ग्राम हुन्छ । भारतमा यो फल निकै दुर्लभ मानिन्छ । त्यसैले यसको सुरक्षामा सुरक्षाकर्मी नै परिचालन गरीन्छ । यस प्रजातीको १ किलो आँपको मुल्य नै २ लाख ७० हजार भारु पर्दछ ।

मध्य प्रदेशको जबलपुरमा एक किसानले केवल दुई बोट आँपको सुरक्षा गर्न तीन सुरक्षा गार्ड र ६ वटा कुकुरलाई काममा खटाएका छन् ।

एन्टीअक्सिडेन्ट, बीटा–कैरोटीन र फोलिक एसिडले भरीपुर्ण यो आँप अप्रिलदेखि अगस्टको बीचमा फल्दछ । मियाजाकी आँपको उत्पादन ७० को दशकबाट शुरु भएको थियो ।

प्रकाशित मिति : श्रावण १८, २०७९ बुधबार  ८ : २३ बजे