आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

पशुपतिनाथमा साँझको आरती {तस्वीरहरु}



काठमाडौँ – हरेक दिन साँझ पशुपतिनाथको मन्दिरमा आरती हुने गर्दछ । पशुपतिथानको मन्दिरमा शताब्दीऔंदेखि हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र बनेर महादेवको बास रहेको विश्वास गरिन्छ ।

साँझको समयमा गरिने आरतीको एक छुट्टै महत्व र आस्था रहेको छ। जसरी पशुपतिनाथ दर्शनका लागि घुइचो लाग्ने गर्छ त्यस्तै आरतीमा पनि हजारौँ श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ।

आरतीको समयमा श्रद्धालु भक्तजनले आफ्नो शुभकार्य, जन्मदिन, मृतआत्माको शान्तिका निम्ति पनि प्रार्थना गरेर बत्ती बाल्ने र आरतीमा सहभागी हुने गर्दछन्। दिनहु साँझ हुने आरातीमा भगवान शिवप्रति समर्पित गरेर विभिन्न भजनहरु गाउनुका साथै सन्ध्याकालीन विशेष आरती समेत गर्ने गरिन्छ।

आरतीमा कहिलेकाँही देशका विशिष्ट व्यक्तिहरुको  समेत उपस्थिति हुने गर्दछ। पछिल्लो समय गएको सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आरती हेर्न पुगेका थिए । उनले आरतीस्थलबाट आफू धार्मिक व्यक्ति भएको संकेत गरे ।

 

प्रकाशित मिति : श्रावण १७, २०७९ मंगलबार  ७ : ०८ बजे