आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

नागपञ्चमीको दिन बूढानीलकण्ठमा भक्तजन (तस्वीरहरु)



काठमाडाैँ– श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ ।

यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दु:ख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो ।

त्यसैले आज, नागपोखरी, टौदह, बूढानीलकण्ठलगायतका मठ मन्दिरमा भक्तजनको विशेष घुँइचो हुने गर्दछ ।

प्रकाशित मिति : श्रावण १७, २०७९ मंगलबार  ५ : १६ बजे