भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

नागपञ्चमीका दिन नागपोखरीमा पूजा गर्दै भक्तजनहरु {फोटो फिचर}



काठमाडौं – नाग पञ्चमीको अवसरमा मंगलबार नक्सालस्थित नागपोखरीमा पूजा गर्दै सर्वसाधारण । पोखरीमा रहेको नागको प्रतिमामा पूजा गर्दै सर्वसाधारण । यस्तै नाग पञ्चमीको अवसरमा आज भक्तपुरको चाँगुनारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीको दिन चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ ।

नेवार समुदायमा चाँगुनारायणको दर्शन गरेर मात्र घरको मूलढोकामा नागको तस्वीर टाँस्ने परम्परा रही आएको छ । यसरी नागको तस्वीर टाँस्नाले नाग र सर्पको भएबाट मुक्त हुने धार्मिक विश्वास रहेको छ । आज चाँगुनारायण मन्दिरलगायत भक्तपुरको वाखुपति नारायण र तिलमाधव नारायण, कमलविनायकको नारायण मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

 

प्रकाशित मिति : श्रावण १७, २०७९ मंगलबार  १० : २३ बजे