१) हामीले जसको उपयोग गरिरहेका छौँ त्यो शरीर हो र त्यो संसार हो । संसार र शरीरको उपयोग गर्ने मन हो, मनलाई सहयोग गर्ने प्राण हो ।
२) दुवैतर्फको यात्रा सक्रिय छ— बाह्य यात्रा र अन्तर्यात्रा संसारका प्रत्येक तत्व–पदार्थ सूक्ष्मबाट भौतिकताको यात्रा गर्दै आएको छ र आइरहेको छ र प्रत्येक तत्व र पदार्थ भौतिकताबाट सूक्ष्मतर्फ फर्किने छ ।
३) स्वभाव नै प्रकृृति हो । स्वभावतर्फ जानु नै अन्तर्यात्रा हो । अतृप्तिमा, अभावको धारामा, अपूर्णताको ज्ञान नै अन्तर्यात्रा हो ।
४) मन दुईतर्फ गतिशील छ— बाहिर क्रियाशील भएर विषयतर्फ जान्छ र अन्तर्मुखी भएर स्वयम्को प्रकृतितर्फ जान्छ ।
५) म तपाईंलाई जगाउन चाहन्छु । तपाईंको स्वयम्का प्रति आस्था र अन्तर्मुखी भएर तपाईंको प्रसूत भूमिसम्म पुर्याउन चाहन्छु ।
६) प्रेम प्रथम दर्पण हो र प्रथम उपलब्धी हो । तपाईंले आजसम्म कसैसँग प्रेम गर्नुभएन । मात्र अरुका निम्ति आफूलाई सजाउनुभयो ।
साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रतिक्रिया