भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

के तपाईलाई बोलबमको अर्थ थाहा छ ?



काठमाडौँ– साउनको सोमबार शिवमा सर्मपित छ । साउनका सोमबार बिभिन्न शिवालयहरुमा बोलबम मेला लाग्दछ । तर बोलबमको अर्थ भने फरक छ । बोलबमको असली अर्थ हो, शिवको मन्त्र जप्नु । अर्थात बोल भनेको भन्नु र बम भएको शिवको नाम हो । यसरी शिवको मन्त्र उच्चारण गर्नुका बिभिन्न फाइदा छ भनिन्छ ।

जब हामी कुनै पनि मन्त्रोच्चारण गर्छौ, त्यसले पैदा गर्ने तरंगले शरीरमा उर्जा मिल्छ । बोलबमले सात्विक जीवनशैलीतर्फ डोहोर्‍याउँछ । बोलबम हिँड्नेले तामासिक जीवनशैली पूर्णत त्याग्नुपर्छ । खानपान र जीवनशैलीदेखि पहिरनसम्ममा सर्तक हुनुपर्छ । सादा एवं सुपाच्य खानेकुरा खानु वा उपवास बस्नुपर्ने चलन छ ।

बोलबम हिँड्नुलाई काँवरीया पनि भनिन्छ । उनीहरुले काँधमा बोक्ने बाँसको भाटालाई काँवर भनिन्छ, जसको दुई छेउमा घैला झुन्ड्याएर त्यसमा पानी भरेर नजिकको शिवालयमा पुर्‍याइन्छ । उक्त पानी शिवलिंगमा चढाइन्छ । त्यससँगै वेलपत्र, धतुराको फूल लगायतले शिवको पूजा गरिन्छ ।

समग्रमा बोलबम भनेको शिवको नाम भन्दै हिडँ वा जाउँ भन्ने हुन्छ । यसरी कावँर बोकेर वा हातमा जल बोकेर शिवालय जाँदै गरेकाहरुलाई थकान नहोस्, हिड्न हिम्मत मिलोस् र भगवान शिवबाट कृपा छ भनेर जनाउन पनि बोलबम भन्दै हिडिन्छ । यस्तोमा कसैले बोलबम भने अरुले पनि बोलबम भन्ने चलन छ । तर अहिले भने बोलबम भनेको साउनको मेला, मन्दिरको भिड, शिव भक्त सबैलाई भन्न थालियो ।
जोडले भनौं बोलबम, तर बोलबमको अर्थ थाहा छ ?

साउनको सोमबार शिवमा सर्मपित छ । साउनका सोमबार बिभिन्न शिवालयहरुमा बोलबम मेला लाग्दछ । तर बोलबमको अर्थ भने फरक छ । बोलबमको असली अर्थ हो, शिवको मन्त्र जप्नु । अर्थात बोल भनेको भन्नु र बम भएको शिवको नाम हो । यसरी शिवको मन्त्र उच्चारण गर्नुका बिभिन्न फाइदा छ भनिन्छ ।

जब हामी कुनै पनि मन्त्रोच्चारण गर्छौ, त्यसले पैदा गर्ने तरंगले शरीरमा उर्जा मिल्छ । बोलबमले सात्विक जीवनशैलीतर्फ डोहोर्‍याउँछ । बोलबम हिँड्नेले तामासिक जीवनशैली पूर्णत त्याग्नुपर्छ । खानपान र जीवनशैलीदेखि पहिरनसम्ममा सर्तक हुनुपर्छ । सादा एवं सुपाच्य खानेकुरा खानु वा उपवास बस्नुपर्ने चलन छ ।

बोलबम हिँड्नुलाई काँवरीया पनि भनिन्छ । उनीहरुले काँधमा बोक्ने बाँसको भाटालाई काँवर भनिन्छ, जसको दुई छेउमा घैला झुन्ड्याएर त्यसमा पानी भरेर नजिकको शिवालयमा पुर्‍याइन्छ । उक्त पानी शिवलिंगमा चढाइन्छ । त्यससँगै वेलपत्र, धतुराको फूल लगायतले शिवको पूजा गरिन्छ ।

समग्रमा बोलबम भनेको शिवको नाम भन्दै हिडँ वा जाउँ भन्ने हुन्छ । यसरी कावँर बोकेर वा हातमा जल बोकेर शिवालय जाँदै गरेकाहरुलाई थकान नहोस्, हिड्न हिम्मत मिलोस् र भगवान शिवबाट कृपा छ भनेर जनाउन पनि बोलबम भन्दै हिडिन्छ । यस्तोमा कसैले बोलबम भने अरुले पनि बोलबम भन्ने चलन छ । तर अहिले भने बोलबम भनेको साउनको मेला, मन्दिरको भिड, शिव भक्त सबैलाई भन्न थालियो ।

प्रकाशित मिति : श्रावण १७, २०७९ मंगलबार  ५ : ५६ बजे