आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

जसलाई भिखारी ठानिएको थियो, उहि निस्किए धनाढ्य पूर्व बैंक म्यानेजर



तपाईले कैयौं पटक सडकपेटी भिख माग्न बसेका भिखारीहरु देख्नु भएको होला ।

दयनीय आर्थिक अवस्थाका कारण दैनिक रोजीरोटी जुटाउन अरु केहि विकल्प नभएपछि भिख माग्न कतिपय सडकपेटीसम्म आइपुग्छन् । सामान्यतया उनीहरुको पोसाक र अवस्था हेरेर धेरैले भिखारी ठान्छन् र सहयोग पनि गर्छन् ।

हालैमा यस्तै अवस्थामा देखिएका एक व्यक्तिलाई धेरैले भिखारी ठाने । तर जब उनको वास्तविकता खुल्यो त्यसले भने सबैलाई चकित पार्याे ।

भारतको उत्तर प्रदेशको एटामा एक वृद्ध कैयौं दिनदेखि भिखारीको भेषमा घुमिरहेका थिए । उनलाई कसैले चिनेनन् ।

तर जब उनको वास्तविकता खुल्यो उनको अवस्था प्रति कसैले विश्वास नै गर्न सकेनन् । खासमा भिखारी ठानिएका ति व्यक्ति गुजरातको नौवारी जिल्लाका बैंक म्यानेजर पदबाट सेवानिवृत्त दिनेश कुमार उर्फ दीनू भाई पटेल थिए । उनी बैंकमा महाप्रबन्धकको पद समेत सम्हालिसकेका थिए ।

भिखारीको भेषमा देखिएका पटेललाई रोडवेज बस स्ट्याण्डमा देखिएपछि कसैले भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गरीदिए । पछि भिडियो भाइरल भएपछि उनी केहि दिनदेखि हराइरहेको र उनी पूर्व बैंक म्यानेजर रहेको खुलासा भएको थियो ।

उनको मानसिक अवस्था ठिक नभएकाले उनी त्यस्तो अवस्थामा पुगेको परिवारजनले बताएको छ । यो संगै उनी गरीब नभएको बरु उल्टै निकै धनाढ्य रहेको खुलासा रहेको छ ।

प्रकाशित मिति : श्रावण १७, २०७९ मंगलबार  ७ : ४८ बजे