भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

साउनको तेस्रो सोमवार सुन्दरीजलमा बोलबम यात्री, हेर्नुस् फोटोमा



काठमाडाैँ– भक्तजनहरु शिवलाई शुद्ध जल चढाउन साउन तेस्रो सोमवार सुन्दरीजल पुगेका छन्।

सुन्दरीजलको जल कसैले पैदल हिँडेर त कसैले गाडीमा चढेर शिव मन्दिरमा चढाउँछन्। साउन महिनाभर सोमवार शिवको पूजाअर्चना गरिन्छ।

साउन महिनाका हरेक सोमबार शिवको पूजाआजा गरे सुख, शान्ति र अटल सौभाग्य मिल्ने धार्मिक विश्वास गरिन्छ । त्यसैले साउनको सोमबार शिवको पि्रयबार भएको भन्दै यसै दिन शिवभक्तहरु शिव मन्दिरहरुमा पुग्छन् ।

यस दिन शिवलाई शुद्ध जल चढाउने चलन छ । बोल बम तिर्थालुहरु सुन्दरीजलबाट जल ल्याएर पशुपतिमा अर्पण गर्छन् । उनीहरु खाली खुट्टा सुन्दरीजलदेखि पशुपतिसम्म पैदल यात्रा गर्छन् ।

प्रकाशित मिति : श्रावण १६, २०७९ सोमबार  १० : ४४ बजे