आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

संसार परिवर्तन गर्ने चार असफल आविस्कार



के तपाईंलाई विश्वभरमा करोडौं मानिसको ज्यान बचाउने पेसमेकर एक असफल आविस्कारको नतिजा थियो भन्ने कुरा थाहा छ ?

भनिन्छ कि एक सफल विचारजस्तै लाइट, बल्ब या प्रिन्टिङ प्रेसले विश्व परिवर्तन सक्छ । तर कहिलेकाहीँ यस्तो हुन्छ कि असफल भएका विचारले पनि विश्वलाई परिवर्तन गर्छ ।

यी केवल एकपटक मात्र भए । कैयौंपटक यस्ता अवसर आए, जब एक विचारले विश्वलाई परिवर्तन गर्यो, जुन विचार आफ्नो समयमा सफल हुन सकेको थिएन ।

र यी वैज्ञानिकहरुको असफलताले विश्वलाई परिवर्तन गरेरै छाड्यो ।

माउस बनाउने को हुन् ?
सन् १९६० मा स्टेनफोर्ड रिसर्च इनिस्टिच्यूटमा इलेक्ट्रिकल इञ्जिनियरिङको अध्ययन गर्ने डगलस एंगलबार्टले जसरी मानिस नयाँ कम्प्यूटरको प्रयोग गर्छन्, त्यो प्रभावशाली तरिका होइन भन्ने कुराको महशुस गरे ।

त्यो समयमा ‘माउस’ अहिलेको समयको भिडियो गेम युगको जोय स्टिकजस्तो डिभाइस हुन्थ्यो । यो डिभाइसको प्रयोग गर्नु सजिलो र सहज थिएन ।

एंगलबार्टले यसको समाधान निकाल्दै ‘बग’ नामक एक डिभाइस बनाए । जसमा दुई गोलाकार पाङ्ग्रा थिए, जसले कम्प्यूटरमा देखिएको ‘कर्सर’लाई नियन्त्रण गर्थ्यो ।

यो एक शानदार विचार थियो ।

सन् १९६६ मा नासाले एंगलबोर्टको आविस्कारको प्रयोग गर्यो र यसलाई निकै प्रभावशाली मान्यो ।

यसको दुई वर्षपछि एंगलबार्टले सन फ्रान्सिस्कोमा आफ्नो साथी आविस्कारक बिल इंग्लिससँग मिलेर एक हजार मानिसका अगाडि एक डिभाइसको डेमो देखाए । जसलाई ‘माउस’ भनियो । प्रविधिको विश्वमा यो कार्यक्रमको निकै चर्चा भयो ।

त्यो समयमा एंगलबार्ट र बिल इंग्लिसले आफूले खजाना गुमाएको महशुस गरे ।

तर केही समयमा नै यो खुशी हरायो । किनकी पाँच वर्षसम्म एंगलबार्टले लगानीकर्ता नै पाएनन् ।

उनका टिमका अधिकांश सदस्य स्टेनफोर्ड छोडेर गए । यसमा बिल इंग्लिश पनि थिए, जसले जीरक्समा काम गर्न सुरु गरेका थिए ।

सन् १९७९ मा एक व्यक्तिले जीरक्सको अनुसन्धान केन्द्र हेर्न आफूसँग भएको जीरक्सको शेयर दिएका थिए ।

ती व्यक्ति अरु कोही नभई स्टीभ जब्स थिए । र उनको कम्पनीको नाम ‘एप्पल’ थियो । यतिमात्र होइन, जीरक्सको रिसर्च सेन्टरबाट नै ‘माउस’ बनाइयो ।

स्टीव जब्सलाई यो विचार यति मनपर्यो कि उनले आफ्नो इञ्जिनियरिङ टिमलाई उनीहरुले जे काम गरिरहेका छन्, त्यसलाई तुरुन्तै बन्द गरी माउसलाई पुनः बनाएर एप्पल उत्पादनको रुपमा सार्वजनिक गर्न निर्देशन नै दिए ।

माउसमाथि वास्तविक अधिकार स्टेनफोर्ड रिसर्च इनिस्टिच्यूटसँग थियो, जसको अर्थ यो भयो कि एंगलबार्टले माउसको आविस्कार गर्दा केही पाएनन् ।

यद्यपि, एंगलबार्टको सोचाई समयभन्दा अगाडिको थियो । तर माउसलाई वास्तविक विश्वमा घर–घरमा पु¥याउनका लागि सम्भवतः स्टीव जब्सजस्ता व्यक्तिको आवश्यकता थियो । जो सपना देख्नेसँगै त्यसलाई जमीनमा उतार्न पनि योग्य थिए ।

बुलेटप्रुफ सामाग्री कसले बनायो ?
तपाईंले प्रायः देख्नुभएको होला कि हिंस्रक मिसनमा सहभागी हुनुअघि सशस्त्र बलका जवान आफूलाई गोली नलागोस् भनेर बुलेटप्रुफ ज्याकेट लगाउँछन् ।

कहिल्यै सोच्नु भएको छ कि यो विशेष ज्याकेट बनाउनमा कुन सामाग्रीको प्रयोग गरिएको होला र त्यसलाई कसले बनायो ?

यसको उत्तर स्टेफनी कोवलेक हुन् । जो एक प्रतिभाशाली रसायनशास्त्री थिइन्, जसलाई कपडा र धागोमा विशेष रुची थियो ।

स्टेफनी आफ्नो अनुसन्धान पनि सिन्थेटिक फाइबरको क्षेत्रमा गरिरहेकी थिइन् । उनले एक यस्तो समाधानको आविस्कार गरिन्, जुन स्टीलभन्दा बलियो र फाइबरग्लासभन्दा हल्का थियो ।

हामी उनको आविस्कारलाई केवलरको नामबाट चिन्दछौं । आजको विश्वमा यसको प्रयोग टायर, पञ्जा, बुलेटप्रुफ ज्याकेट, स्पेस सूट र स्पेसक्राफ्टमा पनि हुन्छ ।

तर जब स्टेफनीले क्रिस्टलोको आधारवाला यो समाधानलाई तयार गरिन्, तब उनको साथीहरुले यो बनाउने प्रक्रियामा उनलाई सहयोग गर्न अस्वीकार गरे ।

यो समाधानलाई मेसिनमा घुमाउनुपर्ने थियो, ताकि यसको बल देख्न सकियोस् । तर उनीहरुको साथीहरुलाई यसो गर्दा उनको समाधान मेसिनमा अड्किन्छ भन्ने लाग्यो ।

कसले बनायो थ्रीडी भिडियो हेडसेट
प्रविधिको दुनियाँमा हालका दिनमा सम्बन्धित रियालिटी र भर्चुअल रियालिटीको कुरा चलिरहेको छ । तर के बिना हेडसेट यी दुई प्रविधिको कल्पना गर्न सकिन्छ ?

हेडसेटको सुरुवात एक यस्तो व्यक्तिबाट भयो, जसले फिल्मको विश्वलाई परिवर्तन गर्नका लागि एक नभई दुई आविस्कार गरे । जसमा उनी असफल रहे ।

यी व्यक्ति हुन्, मार्टन हेलिग, जसले फिल्म हेर्ने दर्शकलाई जीवन्त अनुभव दिनका लागि सन् १९६७ मा सेन्सोरामा नामक डिभाइस बनाए । यो एक थ्रीडी भिडियो मेसिन थियो, जसमा हल्लिने सिट र भेन्टिलेसन मेसिनहरु थिए । यसको उद्देश्य फिल्मप्रेमीलाई पर्दामा देखिने दृश्यको अनुभव उनीहरुको सिटमा दिनु थियो ।

उदाहरणका लागि यदी फिल्मको दृश्यमा एक व्यक्ति बाइक चलाइरहेको देखिन्छ भने त्यसलाई हेर्नेवाला व्यक्ति हल्लिएको सिट र अनुहारमा चलेको हावाका माध्यमबाट त्यसलाई महशुस गर्न सक्थ्यो ।

हेलिग यो खोजबाट निकै आशावादी थिए । उनले कार निर्माता हेनरी फोर्डलाई यो मेसिन बेच्नका लागि प्रस्ताव पनि राखेका थिए । तर, फोर्डले सबै मेसिन किन्न अस्वीकार गर्यो । सेन्सोरामा अन्ततः हेलिगको बगैंचामा पल्टियो ।

यसको तीन वर्षपछि हेलिगले टेलिस्फियर मास्कको अधिकार लिए्, जो एक थ्रीडी भिडियो हेडसेट थियो । आजको समयमा भर्चुअल रियालिटी उद्योग १ सय ७० अर्ब डलरको भएको छ । तर दुःखको कुरा छ कि हेलिग यो उद्योगको हिस्सा बन्न सकेनन् । उनको मृत्यु सन् १९९७ मा नै भयो ।

पेसमेकर बनाउने व्यक्ति
आजको विश्वमा पेसमेकर एक यस्तो डिभाइस हो, जसले लाखौं–करोडौं मानिसको जीवन बचाइरहेको छ । तर यसको आविस्कारको कथा निकै रोचक छ ।

यसको आविष्कार विल्सन ग्रेटबेच नामक व्यक्तिले गरेका थिए, जो मुटुको धड्कन सुन्न चाहन्थे । तर यो प्रयासमा उनी पूर्ण रुपमा असफल रहे ।

जब उनले मुटुको इलेक्ट्रिकल तरंगलाई सुन्ने प्रयास गरे, तब यो प्रक्रियामा उनले गलत रेसिस्टरको प्रयोग गरे । र, यो मेसिनबाट विद्युत तरंग रेकर्ड गर्नुको सट्टा तिनीहरुले यसबाट इलेक्ट्रिकल तरंग जारी गर्न थाले ।

यसरी उनले गल्तीले पेसमेकरको आविष्कार गरेका थिए । र यो डिभाइसले पछिल्लो ६० वर्षमा लाखौं मानिसको जीवन बचाएको छ । ग्रेटबेचको कम्पनी अहिले पनि विश्वभर प्रयोग भइरहेको पेसमेकर डिभाइसमध्ये ९० प्रतिशत डिभाइसको ब्याट्री बनाइरहेको छ । आफ्नो एक गल्तीले विश्वभरका लाखौं मानिसलाई लामो जीवन दिनेवाला ग्रेट बेच आफू पनि ९२ वर्षसम्म बाँचे ।
–बीबीसीबाट 

प्रकाशित मिति : श्रावण १५, २०७९ आइतबार  ७ : १३ बजे