आश्विन १६, २०७९ आइतबार | Sun Oct 2 2022

नायाग्रा फल्समा अमेरिका-क्यानडा सीमा वारिपारि काव्य संगम



टोरन्टो– नेपाली साहित्य समाज, क्यानडाको आयोजनामा आज (जुलाई १६) क्यानडाको नायाग्रा फल्स सीमा वारिपारि काव्य संगम हुँदैछ। कार्यक्रम स्थानीय समयअनुसार दिउसो १:३० बजे शुरु हुनेछ ।

अमेरिका र क्यानडाका कविहरूको जमघटमा कविता वाचन हुने कार्यक्रम रहेको छ। सीमा वारिपारि काव्य संगमको यो दोस्रो शृङ्ला हो।

क्यानडाका लागि नेपालका राजदूत भृगु ढुङ्गानाको प्रमुख आतिथ्यमा अनेसासका नवनिर्वाचित अध्यक्ष गोबर्द्धन पूजासँगै अमेरिका र क्यानडाका कविहरु तथा साहित्यकारहरुको उल्लेख्यमात्रामा उपस्थिति रहने नेपाली साहित्य समाज क्यानडाका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक डा. गोबिन्द राउतले जानकारी दिएका छन् ।

डा राउतको संयोजनमा पहिलो पटक २०१८ मा सीमा वारिपारि काव्य संगम आयोजना गरिएको थियो। कोभिडका कारण यो बिचमा यो कार्यक्रम हुन सकेको थिएन ।

राउत भन्छन्, ‘यो दोस्रो शृङ्ला हो र यसलाई आगामी वर्ष अमेरिकाको नायाग्रामा आयोजना गरेर निरन्तरता दिने प्रयत्न गर्ने छौँ ।’

कार्यक्रममा उपस्थित काव्य वाचकलाई नेपाली साहित्य समाज, क्यानडाले नायाग्राको चित्रसहितको प्रतिक चिन्ह प्रदान गर्ने र यो पटकको कार्यक्रममा वाचन गरिएका कवितालाई २०१८ मा वाचन भएका कवितासँगै संग्रहका रुपमा प्रकाशन गरिने पनि उनले जानकारी दिए ।

कार्यक्रम स्थल भने ७८७० नायाग्रा पार्क वे, नायाग्रा फल्समा आयोजना गरिने जानकारी दिइएको छ ।

प्रकाशित मिति : असार ३२, २०७९ शनिबार  १२ : ०२ बजे