भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

त्रिशुलीले बगाउँदा आमा-छोरा बेपत्ता



नुवाकोट – त्रिशूली नदीले बगाउँदा आमा-छोरा बेपत्ता भएका छन् । नुवाकोटको बिदुर नगरपालिका-३ ढोडेनी घर भएका आमा-छोरालाई त्रिशुली नदीले बगाउँदा शनिबार दिउँसोदेखि स्थानीय पूणर्लाल श्रेष्ठको छोरा र उनकी श्रीमती बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

७ वर्षीय युनिक श्रेष्ठ नदी किनारमा खेल्ने क्रममा त्रिशुली नदीले बगाएसँगै उनलाई बचाउन गएकी नजिकै काम गरिरहेकी आमालाई समेत त्रिशुलीले बगाएको प्रहरी निरीक्षक लक्ष्मी खड्काले जानकारी दिइन् ।

छोरालाई बचाउन गएकी ३२ वर्षीय सन्जिता श्रेष्ठलाई समेत त्रिशूली नदीले सिर्खाली भन्ने स्थानबाट बगाई बेपत्ता बनाएकोमा खोजी कार्य जारी रहेको खड्काले बताइन् । उनका अनुसार नदीले बगाएको जानकारी आउना साथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विपत ब्यवस्थापन वेसक्याम्प नुवाकोटको टोली उक्त नदीमा पुगेर खोजतलास कार्य भई रहेको छ ।

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  ७ : ५४ बजे