भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

अनिल र रचनाको हे माया



काठमाडौं–सेभेन ११ म्युजिक फ्याक्ट्रीको निर्माणमा तयार भएको ‘हे माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अष्ट्रेलियामा बस्दै आएका गायक अनिल जोशी र गायिका रचना रिमालको स्वरमा समावेश यो गीतमा बिष्णु भट्टको शब्द तथा संगीत छ ।

सार्वजनिक गीतले यूवतीहरुलाई यूवाहरुले जिस्काएको भाव बोकेको छ । भिडियोलाई पछिल्लो पुस्ताका लोकप्रिय र सफल निर्देशक माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले डान्सिङ शैलीमा यो भिडियोलाई तयार पारेका छन् ।

भिडियोमा सुधिर श्रेष्ठ, श्रद्धा क्षेत्री, विना राउत र सरोज प्रजाको साथमा बाल–कलाकार आर्या रेग्मीको अभिनय छ ।

निर्देशक चन्दले सुधिर र श्रद्धा, विना र सरोजको जोडीलाई भिडियोमा उतारेका छन् । नवराज उप्रेतीको छायांकनमा तयार भएको भिडियोमा शिलन लम्सालको सम्पादन छ । अन्जान रेग्मीले यो भिडियोमा लगानी गरेका छन् ।

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  ७ : २४ बजे