आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

युवा संघले राहदानी विभाग घेराउ गर्ने



काठमाडाैं-नेकपा एमालेको भातृ संघ राष्ट्रिय युवा संघले राहदानी वितरणमा ढिलासुस्ती भएको भन्दै भोलि असार १९ गते राहदानी विभाग घेराउ गर्ने भएको छ । उसले घेराउसँगै विभागलाई ध्यानाकर्षणपत्र पनि बुझाउनेछ ।

संघले मध्यान्ह १२ बजेबाट काठमाडौको त्रिपुरेश्वरस्थित राहदानी विभागमा घेराउ तथा ध्यानाकर्षण गराउने भएको हो । संघले राहदानी वितरणमा ढिलासुस्ती भएको कारण सेवाग्राहीले चरम सास्ती व्यहोर्नुपरेको विरुद्ध घेराउ तथा ध्यानाकर्षण कार्यक्रम जारी गरेको जनाएको छ ।

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  ४ : ५४ बजे