श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

शर्मिलाले ल्याइन् यो मुटुको धड्कन



काठमाडौं– गायिका शर्मीला बर्देवाको ‘यो मुटुको धड्कनले’ बोलको नयाँ गीतको भिडियो शनिबार सार्वजनीक भएको छ । गायिका बर्देवाकै च्यानल शर्मिला बर्देवा अफिसियलमार्फत दर्शकमाझ ल्याएको भिडियाको कन्सेप्ट, कोरियोग्राफी र निर्देशन प्रभु गुरुङले गरेका छन् ।

युकेका विभिन्न स्थानमा खिचिएको भिडियोमा मोडलद्वय सलिना थापा मगर र सरोज केसी फिचर्ड छन् ।

युके निवासी निर्देशक प्रभुले भिडियोमा प्रेम जोडीको सम्बन्धमा आउने आरोह–अवरोहलाई प्रस्तुत गरेका छन् । एसबी म्युजीक वल्र्डको प्रस्तुति रहेको गीतको निर्माता सरोज परियार हुन् भने कल्याण सिंहको कम्पोज छ । रबि मल्लले लेखेको गीतको भिडियोको छायांकन र सम्पादन सुमन श्रेष्ठले गरेका हुन् । गीतको मिक्सिङ प्रदिप जोशीले गरेका हुन् भने दिनेश श्रेष्ठको एरेन्ज छ । नवीन निरौलाको कलर ग्रेडिङ्ग रहेको भिडियोमा सुदेश गौचन र नरबहादुर गुरुङ अथिति भूमिकामा छन् ।

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  ४ : २३ बजे