श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

सम्झना बिर्सना ट्रेलरमा चिया मजदुरको समस्या



काठमाडौं– फिल्म ‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर बुढासुब्बा डिजिटलमार्फत शनिबार सार्वजनिक भएको छ । पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म ३१ असारदेखि देशब्यापी प्रदर्शनमा हुदैछ ।

निमेष प्रधान लिखित तथा निर्देशीत फिल्मको पौने तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ । चिया बगानका मजदुरका समस्यालाई पनि ट्रेलरमा प्राथमिकता दिइएको छ । दार्जिलिङ, सिलगुढी, सिक्किमलगायतका रमणीय स्थानमा खिचिएको फिल्मको ट्रेलरमा फिल्मका प्रमुख कलाकारहरुको अभिनय छ ।

अद्वितीय प्रधानको प्रस्तुति, रेविका प्रधानको निर्माण र सुवास भुर्तेल कार्यकारी निर्माता रहेको फिल्मका दुई गीत ‘परेलीमा लुकाउछु’ र ‘हाँस्ने खेल्ने बेलैमा’ सार्वजनिक भइसकेको छ ।

आदित्य फिल्म्स्को प्रस्तुति रहेको फिल्म शिव ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । फिल्मका गीतमा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राई र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्मको बितरण आरआर फिल्मस्ले गर्दैछ ।

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  ३ : ३३ बजे