श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

धेरै उपवासले सोफिया अस्पताल भर्ना



मुम्बई– बलिउड अभिनेत्री तथा मोडल सोफिया हायात अस्पताल भर्ना भएकी छन् । धेरै उपवास बसेर स्वास्थ्य अवस्था बिग्रिएपछि उनी अस्पताल भर्ना भएकी हुन् । उनलाई ब्रिटेनको एक अस्पतालमा भर्ना गरिएको छ ।

धेरै उपवासका कारण सोफियाको शरीरमा नूनको मात्रामा कमी आएको छ । शरीर काम्ने र चक्कर आउने समस्या देखिएपछि उनी बेहोस भएकी थिइन् । हालैको एक अन्तरवार्तामा उनले आफूले शरीरलाई सफा राख्नका लागि उपवास बसेको दाबी गरेकी थिइन् । तर उपवासले उनको शरीर सफा नभई कमजोर बनाएको थियो ।

‘मलाई लाग्छ कि शुद्धीकरण प्रक्रियाको समयमा मेरो शरीरबाट धेरै नून र इलेक्ट्रोलाइट्स सकियो । मैले नर्सलाई मेरा लागि पाँच प्याकेट नून ल्याउन आग्रह गरेपछि मेरो ज्यान बच्यो । मलाई अस्पताल भर्ना गरिएपछि मैले साथीलाई फोन गरें’,उनले भनेकी छन् ।

सोफियाले अस्पताल भर्ना भएपछि उपवास तोड्नु परेको यिो । त्यसो त यसअघि पनि पटक पटक उपवास बसेकी सोफियालाई यसपटकको उपवास भने निकै महंगो साबित भयो ।
–जीन्यूज

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  ३ : १२ बजे