श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

अनमोलसँग जोडी बाध्दै पूजा



काठमाडौं–अभिनेता अनमोल केसी आफूलाई अभिनेत्री पूजा शर्माको फ्यान मान्छन् । पूजा पनि आफ्ना हरेक फिल्ममा अनमोललाई अफर गरे पनि कहिल्यै सहकार्यको अवसर पाएकी थिइनन् । अब भने यो जोडी पर्दामा देखिने भएका छन् ।

सुदर्शन थापाको निर्देशनमा अभिनेता अनमोल र पूजाले अनस्क्रिन रोमान्स गर्न लागेका हुन् । नाम नतोकिएको यो फिल्मका लागि अनमोलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

कात्तिकबाट छायांकनमा जाने यो फिल्मको काम गर्नुअघि सुदर्शनले फिल्म ‘प्रसाद २’को छायांकन र रिलिजको काम पुरा गर्नेछन् । फिल्ममा सुदर्शनकै लेखन रहनेछ ।

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  २ : ५० बजे