श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

फिल्ममा हास्न किन असहज मान्छन् शाहरुख



मुम्बई–अभिनेता शाहरुख खानले हालैमात्र बलिउडमा तीन दशकको यात्रा पुरा गरेका छन् । यो तीन दशकमा उनले रोमान्स, एक्सन, कमेडी र इमोसनल हरेक किसिमको भूमिकामा आफ्नो अभिनय कौशल देखाए । यति लामो करियरका बाबजुद पनि शाहरुख क्यामराको अगाडि फिल्ममा दिल खोलेर हास्न चाहदैनन् ।

‘म लजालु व्यक्ति हुँ । त्यसकारण फिल्ममा यस्ता कैयौं दृश्य हुन्छन्, जुन म गर्न सक्दिनँ । यसकारण निर्माता तथा निर्देशकलाई त्यस्ता किसिमका दृश्य नराख्न म अनुरोध गर्छु । किनकी यस्ता दृश्यले मलाई असहज महशुस गराउँछ । मलाई फिल्मको दृश्यमा हास्न साँच्चै असहज महशुस हुन्छ । मलाई फिल्ममा हाँस्दा वास्तविक हाँसो लाग्दैन’, उनी भन्छन् ।

शाहरुखले फिल्म ‘कुछ कुछ होता हे’को स्मरण गरेका छन् । जहाँ काजोलका साथ उनले बासकेटबल खेल्नुपर्ने दृश्य छ । ‘यो दृश्यमा मैले हास्नुपर्ने थियो । तर मैले हास्न सकिरहेको थिइनँ । निर्माता तथा निर्देशक करण जोहारले त्यो दृश्यमा स–साना बालबालिकाहरुलाई उपस्थित गराए, उनीहरुले अनौठो अनुहार बनाएपछि म हास्न सक्छु भन्ने करणलाई लागेको थियो । त्यसपछि मलाई लाग्यो कि हाँस्न निकै मुस्किल काम हो’, शाहरुखले भनेका छन् ।
–दैनिक जागरण

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  २ : ०८ बजे