श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

मेलिनाको पाए नि तिमीलाई मैले



काठमाडौं– पुष्पा लिम्बुको शब्द एवं संगीत तथा मेलिना राईको स्वर रहेको ‘पाए नि तिमीलाई मैले’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा मनि ताम्लिङको एरेन्ज, मिक्सिङ र रेकर्डिङ छ ।

गीतको भिडियोमा चन्दा दाहाल र पूर्ण लिम्बु फिचर्ड छन् । रोहित लामगाधेले निर्देशन गरेको भिडियोमा सुभाष लिम्बुको क्यामेरा, ड्रोन र सम्पादन छ । भिडियो झापाका विभिन्न स्थानमा छायांकन गरिएको छ ।

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  १ : ५१ बजे