काठमाडौँ – सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक भोलि (आइतबार) बस्ने भएको छ । बैठक विहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्न लागेको हो ।
बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी, पार्टीका विविध आन्तरिक विषय तथा अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने सो पार्टीको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।
प्रतिक्रिया