ललितपुर– स्वतन्त्र उम्मेदवारहरुको विशेष भेला ललितपुरको सानेपामा भएको छ । स्वतन्त्र उम्मेदवारहरुले आउने संघीय निर्वाचनमा कसरी जाने भन्ने बारेमा छलफल गर्न पहिलोपटक विशेष भेला गरेका हुन् ।
भेलामा विज्ञका रुपमा मुमाराम खनाल, डा. सुरेन्द्र भण्डारी र गणेश मण्डल रहेका छन् ।
स्वतन्त्र उम्मेदवारहरुले भेलामा देशभरका स्वतन्त्र उम्मेदवारी दिने व्यक्तिहरुको उपस्थिति रहेको छ ।
स्वतन्त्र अभियानकर्ता हरिशरण लामिछानेले नेपालको राजनीतिमा देखिएका कमी कमजोरी, चुनौति र विकृतीलाई चिरेर स्पष्ट सोच र दृष्टिकोण भएका गैरराजनीतिक व्यक्तिहरु राजनीतिमा प्रवेश गर्नु सुखद पक्ष भएको बताए ।
यस्तै, गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिएका सुमन सायमी, दिनेश सुवेदी, माया गुरुङ दिनेश खनाल राजानन्द माण्डप, डम्बर साहुलगायतका स्वतन्त्र अभियानकर्ताहरुको भेलामा सहभागिता रहेको छ । उक्त भेलाको आयोजना स्वतन्त्र उम्मेदवारी अभियानले आयोजना गरेको हो ।
तस्वीर : लक्ष्मी धिमाल
प्रतिक्रिया