भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

दिल्लीबाट उडेको स्पाइसजेटको विमान आपतकालीन अवतरण



काठमाडौँ– भारतको दिल्लीबाट जबलपुरका लागि उडान भरेको स्पाइसजेटको विमानलाई आपतकालीन अवतरण गराइएको छ ।

शनिबार बिहान दिल्लीबाट उडान भरेको उक्त विमानको क्याबिनमा धुवाँ देखिएपछि आपतकालीन अवतरण गरिएको स्पाइसजेटका प्रवक्ताले बताएका छन् ।

क्याबिनमा धुवाँ देखिएपछि चालक दलले विमानलाई दिल्ली विमानस्थलमै सुरक्षित अवतरण गराएका थिए । स्पाइसजेटका अनुसार सबै यात्रु सकुशल रहेका छन् ।

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  १० : ४८ बजे