आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

कुन अंगमा तेल मसाज गर्दा के के लाभ ?



तेल मसाज शरिरका विभिन्न अंगमा आराम दिलाउने एउटा भरपर्दो मसाज मानिन्छ । तेल लगाएर मालिस गर्दा शरीरलाई धेरै लाभ मिल्दछ । तेल मसाज जुनसुकै उमेर समूहको लागि पनि प्रभावकारी हुन्छ । तर बच्चा र वृद्धवृद्धामा तेल मसाज गर्दा उनीहरुको हड्डीप्रति संवेदनशील हुनु पर्छ । सामान्यतया चिसो र गर्मी याममा जहिले पनि तेल मालिस गर्न सकिन्छ । यस्तोमा कुन मसाजले कस्तो आराम दिलाउँछ त ?

फेस मसाज
अनुहारमा गरिने मसाज आफैं गर्न पनि सकिन्छ । यस मसाजमा गाला, निधार, गर्धन लगायतका अंगमा मसाज गरिन्छ । हल्का तरिकाले औंलाले फेस मसाज गर्दा अनुहारमा लाभ मिल्छ ।

हेयर मसाज
हेयर मसाज विना तेल वा तताएको तेलले पनि गर्न सकिन्छ । हेयर मसाजले कपाल छिटो बढाउन सहयोग पुर्‍याउँछ । साथै कपाल झर्न पनि कम गर्छ । यस मसाजले टाउकोको छालाको रक्त सञ्चार बढ्नुका साथै कपालको जरा समेत मजबुत हुन्छ ।

हेड मसाज
शिर र निधारमा गरिने हेड मसाजले छालामा रक्त सञ्चार बढाउँछ । साथै अक्सिजन प्रवाह पनि राम्रो हुन्छ । हेड मसाज गर्दा टाउको दुख्ने समस्याबाट पनि मुक्ति मिल्छ ।

बडी मसाज
बडी मसाजमा पूरै शरीरको मालिस हुन्छ । यसमा अनुहारको मसाज, खुट्टाको मसाज, हातको मसाज र कम्मरको मसाज पनि हुन्छ । बडी मसाजले शरीरमा रक्त सञ्चरण बढ्छ र शरीरको दुखाइबाट राहत मिल्छ ।

खुट्टाको मसाज
खुट्टाको मालिस गरे मांसपेशीहरुमा तनाव कम हुन्छ ।

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  १० : ३२ बजे