श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

इग्नाटोवा एफबीआइको टप १० मस्ट वान्टेड सूचीमा समावेश



काठमनाडौँ– ‘मिसिङ्ग क्रिप्टोक्वीन’ भनेर चिनिने रुजा इग्नाटोवालाई एफबीआइको टप १० मस्ट वान्टेड सूचीमा समावेश गरिएको छ । करिब ४० वर्षीया बुल्गेरियन महिलालाई वानकोइन नामक क्रिप्टोकरेनसी घोटालाको अभियुक्त स्वरुप वान्टेड सुचीमा राखिएको हो । बिहीबार प्रकाशित एक सूचनामा इग्नाटोवाको पक्राउसँग सम्बन्धित कुनै पनि जानकारीबारे ब्युरोले १ लाख अमेरिकी डलरको पुरस्कार घोषणा गरिएको छ ।

अन्य सुरक्षा तथा तारसम्बन्धी पनि धोखाधडी गरेकी इग्नाटोवा एफबीआईको टप १० मस्ट वान्टेड सुचीमा पर्ने एक मात्र महिला हुन् । फरार अभियुक्तले क्रिप्टोकरेन्सीको बहानामा करिब ४ अरब अमेरिकी डलर बराबरको ठगीको आरोप लागेको फेडेरल अन्वेषकहरूको भनाइ छ । सन् २०१७ मा इग्नाटोवाविरुद्ध अमेरिकी अधिकारीहरूले पक्राउ पत्र जारी गरी अन्वेषकले पक्राउ कार्य सुरु गरेसँगै उनी फरार भएकी थिइन् । सन् २०१४ मा इग्नाटोवाद्धारा आत्म–वर्णन गरिएको वानकोइन नामक एक क्रिप्टोकरेन्सीले उपभोक्तालाई किनेर अर्को मानिसलाई बेचेबापतको कमिसन दिन सुरु गरेको थियो । तर अन्य क्रिप्टोकरेन्सी जस्तै वानकोइन बल्कचेन प्रविधिबाट सुरक्षित नगरिएको र बेकार भएको एफबीआई अधिकारीहरूको भनाइ छ ।

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  १० : २० बजे