श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

आफ्नै महिला साथिसंग विवाह गर्न युवती बन्दैछिन् केटा



जब मानिसमा प्रेमको भूत सवार हुन्छ उसले जे पनि गर्न तयार हुन्छ । यस्तै एक अनौठो घटना भएको छ, भारतको प्रयागराजमा । प्रयागराजकी एक छात्राले आफ्नो प्रेम पाउन लिंग परिर्वतन गरेर पुरुष बन्ने निधो गरेकि छिन् ।

भारतको उत्तर प्रदेशको प्रयागराजकी एक छात्राले आफ्नो लिंग बदलेर पुरुष बन्न सर्जरी गराइरहेकि छिन् । हालसम्म उनले आफ्नो शरिरको माथिल्लो भाग बदलिसकेकी छिन् भने आफ्नो पाठेघर समेत निकालि सकेकि छिन् । चिकित्सकका अनुसार अबको केहि समयमा नै उनको यौनांग समेत बदलिने छ । त्यसपछि उनी पुरुष बन्नेछिन् । यति गर्न उनलाई डेढ बर्ष लाग्नेछ ।

खासमा ति २० बर्षिया छात्रालाई आफ्नै महिला साथिसंग प्रेम बसको छ । जब उनलाई साथिसंग प्रेम बस्यो यस बारेमा उनले परिवारसंग छलफल गरीन् । उनले साथिसंग विवाह गर्ने विचार सुनाइन् । तर परिवारले मानेनन् । त्यसपछि उनी साथिसंग विवाह गर्न जसरी भए पुरुष बन्ने निधोका साथ अस्पताल पुगेकि थिइन् ।

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  १० : १९ बजे