श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

युक्रेन युद्धमा ३५ हजार ७५० रुसी सैनिक मारिएको युक्रेनको दाबी



किभ । युक्रेनी सेनाले गत २४ फ्रेब्रअरीमा रुसीले युक्रेनमाथि आक्रमण थालेदेखि १ जुलाई सम्म ३५ हजार ७५० जना रुसी सैनिकको मृत्यु भएको दाबी गरेको छ । युक्रेनको संयुक्त सशस्त्र फौजको यस्तो दाबीलाई युक्रेन अन फेसबुक र युक्रिन्फोर्मले पनि सार्वजनिक गरेका छन् ।

यसैगरी, रुसको कुल १ हजार ५ सय ७७ वटा ट्याङ्क, ३ हजार ७४६ वटा बख्तरबन्द लडाकु वाहन, ८०३ आर्टिलरी सिस्टम, २४६ मल्टिपल लन्च रकेट सिस्टम, १०६ एन्टी-एयरक्राफ्ट वारफेयर सिस्टम, २१७ वटा लडाकु विमान, १८७ लडाकु हेलिकोप्ट, २ हजार ६१८ मोटर भेहिकल तथा इन्धन टैंक, १६ वटा युद्धपोत तथा साना जहाज, ६४९ वटा मानवरहित हवाई सवारी साधन र ६१ वटा विशेष उपकरण एकाइ नष्ट गरेको युक्रेनको दाबी छ । साथै युक्रेनले रुसका १ सय ४३ वटा क्रुज क्षेप्यास्त्र पनि खसाल्न सफल भएको बताइएको छ ।

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  ९ : २१ बजे