श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

काठमाडौं महानगरको आर्थिक विधेयक सर्वसम्मत पारित



काठमाडौँ – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को आर्थिक विधेयक सर्वसम्मत पारित गरेको छ । मेयर बालेन्द्र शाह (बालेन) ले नगरसभामा उठेका प्रस्तावहरू संशोधनसहित समावेश गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसपछि विधेयक पारित गर्न नगरसभा सदस्यहरू सहमत भएका थिए ।

महानगरले यसअघि आर्थिक वर्ष २०७९/०८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को लागि २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

जसमा आन्तरिक आयतर्फ ११ अर्ब ९५ करोड रुपैयाँ प्रक्षेपण गरिएको छ । आर्थिक विधेयकमा कर, शुल्क दस्तुरसहितका आन्तरिक आयको विषय रहेको हुन्छ ।

प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार  ६ : २४ बजे