शरीरको कुनै पनि भागमा हुने घाउ, दाद निको नभई धेरै दिनसम्म पाकिराखेमा अथवा धेरै दिनसम्म उपचार नगरेमा घाउको सँगै र वरिपरिको छाला बाक्लो र कडा हुन्छ ।
यसलाई उकुच भनिन्छ ।
घरेलु उपचार
– मालकागुनाको तेल उकुचमा दिनको दुई पटक एक सातासम्म लगाउने ।
– तोरी या सस्र्यूंको तेल २५० ग्राम तताएर उम्लेपछि त्यसमा नीमको मुन्टा ५० ग्राम राखी कालो नभएसम्म पकाउने । उतारेर सेलाएपछि डढेको तीन चार पटक उकुचमा लगाउने ।
– सर्स्यूंको खली माटोको भुँङ्कोमा हाली पालाले ढाकेर आगोको भट्टीमा राखी खरानी पार्ने । त्यसमा सस्र्यूंको तेल र नरिवलको तेल मिलाई फिटेर लगाउने ।
साभार : ‘योगतन्त्र’ पुस्तकबाट
प्रतिक्रिया