श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

नेपालले आज ओन्टारियो क्लबसँग एकदिवसीय क्रिकेट खेल्दै



काठमाडौँ– नेपालले आज ‍(शुक्रबार) क्यानडाको क्लबसँग अभ्यास खेल खेल्दैछ । एकदिवसीय सिरिजका लागि क्यानडामा रहेको नेपाल र ओन्टारियोको खेल नेपाली समयअनुसार राति ८ः ४५ बजे सुरु हुनेछ ।

ओन्टारियो नेपालका पूर्व राष्ट्रिय खेलाडी नरेश बुढाऐरको कप्तानीमा रहेको टिम हो । नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ । पहिलो खेल आउँदो मंगलबार र दोस्रो खेल बुधबार हुनेछ । नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । प्रतियोगितामा नेपालले स्कटल्याण्ड र नामिबियासँग खेल्नेछ ।

नेपाली टिमः सन्दीप लामिछाने, रोहित पौडेल, कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ, बिनोद भण्डारी।

प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार  १२ : ५९ बजे