श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

नाडाल विम्बल्डनको तेस्रो चरणमा प्रवेश



काठमाडौँ– स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

सेन्टर कोर्टमा बिहीबार राति लिथुनियाका रिकार्डस बेरान्किसलाई हराउँदै नाडालले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।

दोस्रो वरियताका नाडालले रिकार्डसमाथि ६-४,६-४,४-६ र ६-३ को सेटमा जित निकाले ।

३६ वर्षीय नाडालको यो ३ सय ७ औं ग्रान्डस्लाम जित हो ।

कीर्तिमानी २२ औँ पटकको ग्रान्डस्लाम विजेता नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।

प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार  ६ : १५ बजे