भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

शेखर कोइरालाको भेला जारी



काठमाडौँ– कांग्रेस नेता डा शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय नेताहरूको भेला सुरु भएको हो ।

भेलामा डा कोइराला, डा रामशरण महत, दिलेन्द्रप्रसाद बडू, जगदीशनरसिंह केसी, सञ्जय गौतमलगायत सहभागी छन् । बडू देउवा सरकारका आपूर्ति तथा वाणिज्य मन्त्रीसमेत हुन् । यसअघि उनी रामचन्द्र पौडेल खेमामा थिए ।

कांग्रेसको १४औं महाधिवेशनसम्म पनि उनी पौडेलसँगै थिए । यसअघि कोइरालाले बोलाएको भेला र बैठकमा उनी सहभागी हुने गरेका थिएनन् । तर, बिहीबारको भेलामा बडू पनि सहभागी भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कोइरालाले शुक्रबार आफूपक्षीय भेला राखेका हुन् । कांग्रेस महाधिवेशन भएको ६ महिनाभित्र केन्द्रीय विभागहरू गठन भइसक्नुपर्ने विधानमा व्यवस्था छ ।

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  ४ : ५३ बजे