भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

इजरायली संसद् विघटन, तत्काल नयाँ निर्वाचन



इजरायल– इजरायली सांसद्हरूले बिहीबार संसद भङ्ग गर्ने विधेयकलाई अनुमोदन गरेका छन् ।

प्रधानमन्त्री नाफ्ताली बेनेटको क्रस–पार्टी गठबन्धनले संसदमा बहुमत गुमाएपछि संसद् भङ्ग भएको हो ।

चार वर्षभन्दा कम अवधिमा पाँचौं पटक नयाँ चुनाव हुन लागेको अधिकारीहरूले बताएका छन्।

इजरायलमा पछिल्लो समय राजनीतिक अस्थिरता बढेको छ र प्रत्येक वर्ष जस्तो निर्वाचन भइरहेको छ तर संसद्ले स्थिरता पाउँन भने सकेको छैन ।

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  ३ : ४९ बजे